पेट्रोलको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने प्रस्ताव अघि बढ्यो,कुनले कति पाउने ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने प्रस्ताव अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ ।
जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।निगमले मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको बताएका छन् । हाल मोटरसाईकलाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इन्धन दिने सहमती भएको छ।













