अपर तामाकोशीद्धारा स्थानीय शेयरधनीलाई डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह

२१ असार २०७९, मंगलवार १०:५१

काठमााडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानीय शेयरधनीहरुलाई डिम्याट खाता खोली शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो ।

हालसम्म पनि उल्लेख्य संख्यामा शेयरधनीहरूले डिम्याट खाता उपलब्ध गराई शेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा शेयर अभौतिकिकरण गर्नको लागि कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँड गरिएको शेयर, भौतिक प्रमाणपत्र वितरण नगरी शेयरधनीहरूको सुविधाको लागि सोझै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकिकरण गरिने जनाएको छ । शेयर डिम्याट खातामा अभौतिकिकरण पश्चात् मात्र शेयर खरीद बिक्री गर्ने सुविधा प्राप्त गर्नका साथै भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरू हितग्राही खातामा जम्मा हुने छ ।

कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट असार मसान्त सम्म निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको हुँदा हितग्राही खाता खोली अभौतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय शेयरधनीहरू लगायत सम्पूर्ण शेयरधनीहरूले यहि असार मसान्तसम्म निःशुल्क खाता खोली शेयर अभौतिकिकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*