दश लघुवित्तको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा माथि

२१ असार २०७९, मंगलवार ११:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त दश लघुवित्त वित्तीय संस्थाहरुको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुघवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथाप सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार १० लघुवित्तको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा माथि रहेको देखिएको हो ।

केन्द्रीय बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १४।०७७ को बुँदा नं. २(क) बमोजिम लुघवित्त संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था रहेकोमा १० लघुवित्तको आव २०७७।०७८ को औषत ब्याजदर १५ प्रतिशतभन्दा बढी रहेको देखिएको हो ।

जसमा डिप्रोक्स लघुवित्त, मिथिला लघुवित्त, फरवार्ड, लक्ष्मी, सूर्योदय, मानुषी, युनिक, सामुदायिक, बुद्धज्योति र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेका छन् ।

गत आर्थिक वर्षको वक्यौता रकमको असुली गरी यस आवको ब्याज आम्दानीमा गणना गरिएको तथा निर्देशन कार्यान्वयनमा ढिलाईका कारण संस्थाहरुको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा बढी देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*