नबिल बैंक र एनबीच बैंकबीच आउँदो सोमबारदेखि एकीकृत कारोबार
२१ असार २०७९, मंगलवार ११:२८

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीच आउँदो सोमबारदेखि एकीकृत बैंकिङ कारोबार रुपमा हुने भएको छ ।राष्ट्र बैंकले एनबी बैंकलाई नबिलमा समाहित गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २७ गतेदेखि एकीकृत कारोबार हुने नबिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले बताए ।
एकीकृत कारोबार भएपछि चालू आर्थिक वर्षको एकीकृत वित्तीय प्रतिवेदन आउनेछ । एकीकृत बैंकको नाम नबिल नै रहनेछ । नबिलले एनबी बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभेको हो ।
नबिलको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । यस्तै एनबीको १० अर्ब ८ करोड रुपैयाँ छ । नबिल बैंकले एनबीलाई आफूमा समाहित गरेपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।













