निजामती कर्मचारीहरुलाई आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण बुझाउन निर्देशन

२१ असार २०७९, मंगलवार ११:३६

सरकारले निजामती कर्मचारीहरुलाई आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। राष्ट्रिय किताबखाना (निजामती)ले आज एक सूचना प्रकाशित गर्दै सम्पूर्ण निजामी कर्मचारी उक्त आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो।

भ्रष्टाचार निवार ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र निजामती सेवा नियमावली, २०५० बमोजिम प्रत्येक निजामती कर्मचारी र चालु आर्थिक वर्षमा सेवा निवृत्त भएका कर्मचारीले आर्थिक वर्षको समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ।

सोही व्यवस्थाअनुसार निजामती कर्मचारीहरुले सम्बन्धित कार्यालयमार्फत राष्ट्रिय किताबखाना (निजामती) मा दर्ता गर्नुपर्ने र सम्पत्ति विवरण बुझाउने दायित्व सम्बन्धित कर्मचारी हुने सूचनामा उल्लेख छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*