एनआईबिएल एस क्यापिटको मेरोशेयर नविकरण गर्ने योजना असार ३२ गते सम्मलाई थप

२१ असार २०७९, मंगलवार ११:४५

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*