लघुवित्तहरुको खुद नाफा १४६ प्रतिशतले बढ्यो, २ लघुवित्त मात्र नोक्सानमा, कुल निक्षेप तथा सापटी ३६% ले बृद्धि

२१ असार २०७९, मंगलवार १३:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लुघवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा १४६.७१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा संचालित लघुवित्तहरुको मुनाफा अघिल्लो वर्षको तुलनामा बृद्धि भई ११ अर्ब ८७ करोड रुपैयाँ पुगेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा लुघवित्तहरुको शाखा संख्या १७.११ प्रतिशतले बृद्धि भई खुद मुनाफा समेत अघिल्लो वर्षको तुलनामा १४६ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, सो अवधिसम्म लघुवित्तहरुको ब्याज आम्दानी ४५ अर्ब २४ करोड रुपैयाँ, ब्याज खर्च १८ अर्ब १५ करोड रुपैयाँ र संचालन आम्दानी ४१ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा लघुवित्त संस्थाहमरु मध्ये १३ वटा लघुवित्त संस्थाहरु खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरु मध्ये ६८ वटा खुद नाफामा र २ वटा लघुवित्त मात्रै खुद नोक्सानमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, २०७८ असार मसान्तसम्ममा लघुवित्त संस्थाहरुको कर्जा र निक्षेप तथा सापटी अनुपात १०८.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा लघुवित्तहरुको यस्तो अनुपात १०५ ८० प्रतिशत रहेको थियो । २०७८ असार मसान्तमा लिएको कुल निक्षेप तथा सापटी २०७७ असार मसान्तको तुलनामा ३५.९७ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, कर्जा तथा सापट गत वर्षको तुलनामा ३९.१४ प्रतिशतले बृद्धि भई २०७८ असार मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*