सीवाईसी लघुवित्तको शेयरमा लगातार सकरात्मक सर्किट, कतिसम्म पुग्ला ?

२१ असार २०७९, मंगलवार १२:३२

काठमाडौं । सीवाईसी लघुवित्तको शेयर मूूल्य पछिल्लो दुुई हप्तादेखि लगातार सकरात्मक सर्किट लेभलमा कारोबार हुँदै आईरहेको छ । लगातर बढेको कम्पनीको सेयर मूल्य सोमबार १ हजार ५ सय ४३ रुपैयाँ ९० पैसामा कारोबार हुँदैछ । सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँसम्म जोन आकलन गरिएको छ।

संस्थाको सेयर नेप्सेमा गत जेठ २९ गते आइतबार सूचीकृत भएको थियो। संस्थाको १२ लाख १६ हजार ४ सय १८ कित्ता आईपीओ सेयर नेप्सेमा सूचीकृत भएको छ।
यसमा ८ लाख २१ हजार ८२ कित्ता संस्थापक सेयरहरू छन् जुन कुल सेयर निष्कासनको ६७.५० प्रतिशत र ३२.५० प्रतिशत अर्थात ३ लाख ९५ हजार ३ सय ३६ कित्ता सर्वसाधारणका लागि जारी गरिएको थियो।

कम्पनीले २०७९ बैशाख २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ९५ लाख बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गरेको थियो।
कुल इकाइमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ म्युचुअल फण्डका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६९ हजार सय युनिट सर्वसाधारणका लागि थिए।

३६ हजार ९ सय ४८ आवेदकलाई चिठ्ठामार्फत १०÷१० कित्ता बाँडफाँड गरिएको थियो भने ८ भाग्यशाली आवेदकले १ कित्ता थप पाएका थिए। बाँकी २१ लाख ६५ हजार ४१३ आवेदकहरू खाली हात भएको थियो।

पहिलो कारोबारको ओपनिङ ३८२ .२० बाट सुुरु भएको हो। हाल संस्थाको चुक्तापुुँजी १२ करोड १६ लाख रुपैयाँको पुुगेको छ।कम्पनीले आथिक वर्ष २०७८÷०७९ को तेस्रो त्रैमासिकको कम्पनी विश्लेषण प्रकाशित गरी ९९ करोड ९१ लाख खुद नाफा कमाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*