लघुवित्त कोषलाई मौद्रिक नीतिमा निरन्तरता दिन लघुवित्त संघको सुझाव
२१ असार २०७९, मंगलवार १८:०४

काठमाडौं ।सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई मौद्रिक नीतिलाई निरन्तरता दिनुपर्ने लघुवित्त संघको सुझाव दिएका छन् । व्वस्थापन संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट अरु व्यवस्था गर्नुपर्ने बताए।
ग्रामीण क्षेत्रका साना किसानलाई वित्तीय सेवा दिने लघुवित्तबाट लाभ लिनका लागि राष्ट्र बैंकले नियमन तथा सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।
सरकारले बजेटमा ६ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ। यो कोषको परिचालनबाट देशले लाभ लिने उनले बताए।













