पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ ?
२२ असार २०७९, बुधबार ०९:३०

काठमाडौं । पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर निष्कासन गरेको आईपीओमा आवेदन दिने समय साउन ५ गतेसम्म थप भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी रू।६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६ लाख ३२ हजार ६०० कित्ता शेयर असार ८ गतेदेखि निष्कासन गरेको हो ।
सोमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।













