स्वावलम्बन लघुवित्तको कामु सिइओको जिम्मेवारी गोविन्द चापागाईलाई

२२ असार २०७९, बुधबार १०:४१

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी पाएका छन् ।

चापागाईको महाप्रबन्धक पदको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते बसेको संचालक समितको बैठकले उनको पदावधि थप एक वर्ष थप गरेको थियो ।

साथै संस्थाले अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सिइओको समेत जिम्मेवारी दिने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*