ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले उच्च प्रतिफल दिन्छ, ढुक्क भएर लगानी गनुहोस्ः सिईओ ढकाल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले मिति २०७९ साल असार २२ गते (आज) प्राथमिक इकाई निष्काशन तथा बिक्री खुल्ला सुरु भइसकेको छ ।
ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को प्रति इकाई अंकित मुल्य रु १० दरका १२ करोड इकाई मध्ये न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५०५ वा १८ लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडलाई १३।५०५ वा १ करोड ६२ लाख इकाई सुरक्षित राखी बाँकि न्युनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गरिएको छ ।
इकाई निष्काशन छिटोमा असार २६ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ भने माग गरे बमोजिम आवेदन नपरेमा निष्काशन श्रावण ०४ गते बैंकिङ्ग सम्यसम्म लम्बिने छ ।ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाईमा न्युनतम १०० इकाई देखी अधिकतम १ करोड २० लाख इकाई सम्म आवेदन दिन सकिने छ ।
यस म्युचअल फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ । ग्लोबल आइएमई म्युचल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाई बिक्री भोलिदेखि यो म्युचल फन्डले १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रहेको यो फण्डको अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । आजदेखि बिक्री सुरु भएको ग्लोबल ब्यालेन्स फण्ड–१ को किन विश्वास गर्ने भन्ने बिषयमा कम्पनीको सिईओ पारसमणी ढकालले उच्च प्रतिफल दिने विगतदेखि आजसम्म नै प्रमाणित भएकोले लगानीकर्ताहरुको लगानी सुुनिश्चित र प्रतिफल आकर्षक रहेको बताए ।
‘सामान्यता पहिला ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ मा किन लगानी गर्ने त ? भन्ने प्रश्न उठ्न सक्छ, आम लगानीकर्ताहरुमा यो स्वभाविक नै हो । बजारको अवस्था बुझेर अघिल्ला बर्षहरुमा पनि हामी उच्च प्रतिफल दिने म्युचुअल फण्ड बजारमा ल्याएर सफलतापूर्वक सञ्चालन गरिसकेका छौं’ सिईओ ढकालले भने ।
सामूहिक लगानी कोषमा लगानी गर्दा प्रतिफल आकर्षक हुने र लगानी सुनिश्चित हुने भएकोले ढुक्क हुन आग्रह गर्दछन उनी । सिईओ ढकालले भने, ‘अहिले पनि इकाई धनीहरुलाई कम जोखिम र उच्च प्रतिफल दिन यस योजना ल्याएका छौ । सबै इकाईधनीहरुको लगानीको सुश्चितता गर्ने कुरामा म सबैजनालाई विश्वस्त हुन आग्रह गर्दछु ।’
शेयर बजारमा अहिले भइरहेको उतार चढावलाई ध्यानमा राख्दै ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ बजार सुहाउदो हेतुले ल्याएको सिईओ ढकालको भनाई छ । सिईओ ढकाल भन्दछन्, ‘बजारमा अहिले भइरहेको तलमाथिलाई मनन गरेर ब्यालेन्स गरेर ब्यालेन्स फण्ड जुनमा र फिक्स इनकम स्टुमेन्टमा चाही बराबर जस्तै लगानी गरेर जान्छौँ । जोखिम कम र प्रतिफल उच्च दिने हेतुले ल्याएको हुँदा इकाईधनीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्दछु ।’
पैसा भएका शेयरमा लगानी गर्न चाहने खालका लगानीकर्ताहरूलाई विशेष ध्यान दिइएको र जोखिम कम गर्न चाहेर प्रतिफल प्राप्त गर्न चाहनेहरुको लागि अझ बढी सुविधा जनक रहेको कम्पनीको भनाई छ ।
ग्लोबल आइएमई क्यापिटलले ल्याएको सामूहिक लगानी कोषमा निर्धक्क लगानी गर्न आह्वानग गर्दै सिईओ ढकालले भने, ‘ग्लोबल आईएमई क्यापिटलले के गर्छ भनेर हेर्ने हो भने हामीसँग समुन्नति योजना तपाइहरूकै अगाडी रहेको छ । इकाई धनीहरुलाई शतप्रतिशत लांभाश दिएर एक बलियो आधार तपाईहरु समक्ष प्रस्तुत गरिसकेका छौं । यस योजनामा पनि हामी इकाईधनीलाई त्यत्ति नै मात्रामा लाभांश दिने प्रयत्न गर्नेछौं ।’
लाभांश सुनिश्चित गर्दै सिईओ ढकालले भने, ‘केही समय धैर्य गर्नु प¥यो त्यसपछि बजारले जुन लेभलको रिटर्न पेमेन्ट गरिरहेका छ अहिले पनि एभरेजमा मूल्याङ्कन गरेर त्यो भन्दा माथि नै रिटर्न पेमेन्ट गर्छौ । हामीले हाम्रो एक्पर्टिज पर्फम गरिरहेका छौँ भन्ने लाग्छ । प्रयोगले नै हामी अब अन्यभन्दा अब्बल, व्यवसायिक र सबैभन्दा प्रतिफल दिने क्यापिटल मार्केट कम्पनी हौं भन्ने पुष्टि गरिसकेका छौं ।’‘यसमा हामीले जुन प्रक्षेपण गरेका छौँ । त्यसमा यो भन्दा पनि माथिको रिटर्न दिन्छौँ भन्नेमा हामी ढुक्क छौँ ।’ सिईओ ढकालले भने ।
उनले अगाडि भने, ‘बजारको ब्रान्डको आधारमा हेर्न हो भने पनि स्थापित नै छौ । यो ब्रान्डलाई विश्वासमा अडिग रहनको लागि पनि हामीले त्यसै अनुरुप लगानीका रणनीतिहरू बनाएका छौँ । हामीले गरेका प्रतिवद्धताहरु पूर्णरुपले पालना गरेर उचित प्रतिफल प्रदान गर्नेमा सक्षम हुनेछौँ भन्ने विश्वसनीयता जनाउँछु । मार्केटमा केही उत्तारचढावहरु छन् । हामीले कम्पनीहरू छान्दा मोडरेड लेबलका जोखिम नभएका कम्पनीहरू छानेर जान्छौँ ।
जसको भोलारिटीको पाटो कम हुन सक्छ । एउटा लेबलको लाभांश आउने प्रतिफलका कुराहरू पनि सबै चिज हेरेर लगानी गर्ने हुनाले यसमा हामीले आकर्षक प्रतिफल सुनिश्चित देखिसकेका छौं ।’
सिईओ ढकालले जोखिम व्यवस्थापन र सचेतना अपनाइएको बारे भने, ‘एग्रेसिभका कुरा हुँदैन । र, अन्य फण्डभन्दा यसमा अलि बढी कन्सर्न भएर नै मोडरेड लेबलको जोखिममा मोडरेड लेबलकै रिटर्न प्रोभाइड गरेर जाने हुन्छ । प्रक्षेपण नै हेर्ने हो भने पहिलो दुई वर्ष हामीले ७ प्रतिशत, त्यसपछि १० प्रतिशत, १२ प्रतिशत छ । साथै अन्तिममा १६ प्रतिशत र १७ प्रतिशत सम्मको प्रतिफल रहेको छ । बजार भनेकै एउटा माथिल्लो हाइटमा पुगेपछि त्यसबाट झन् सुरु गर्दछ । एउटा न्यूनतम विन्दुमा पुग्छ ।
यहाँबाट फेरि फर्कन थाल्दछ । शेयर बजारको सुन्दरता भनेकै आफैमा घट्नु र बढ्नु हो । त्यसै क्रममा जाँदा हामीले कसरी सुरक्षित भएर जान सक्छौँ भन्नेमा अहिले पनि हामीले हेर्दा सैद्धान्तिक रुपमा प्रमाणित भएका कम्पनीहरू घट्दा एउटा लेबलमा घटेर गए पनि रिकोभरी पनि तिनीहरूकै भएर गएको देखिने हो । त्यस प्रकारका कम्पनीहरू जसले विगतमा पनि हाम्रो पर्फमेन्स गरिरहेका छन् ।’
‘हामीले जोखिमका तहहरू पनि छुट्याएका छौँ । यसमा पर्ने कम्पनीहरूलाई लिएर जाने हिसाबले भन्दा पनि हाम्रो इन्भेष्टमेन्ट युनिभर्समा जुन खालका कम्पनी छन् उनीहरूको मोडालिटी रेगुलर रिटर्न दिने खालको कम्पनीहरू हुने हुनाले यसअघि पनि यस्ता कम्पनीहरूमा लगानी गर्दा फिर्ता पनि मोडरेड लेभलको हुन्छ ।
जोखिमको पाटोमा पनि मोडरेड लेभलको लिएर जाने हुनाले यसमा लगानीकर्ताहरूले प्रश्न गर्नु हुन्छ जस्तो लाग्दैन । हामीले जुन प्रक्षेपण गरेका छौँ यसकै आधारमा जान्छौँ भन्नेमा आश्वस्त छौँ ।’
‘म कम्पनीको सिईओ भएको नाताले आम इकाईधनीहरुलाई यस म्युचल फण्डमा निर्धक्कका साथ प्रतिफल दिन सक्छौ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ ढकालले सबै लगानीकर्तालाई आह्वान गर्दै भने ।













