डलरको भाउ हालसम्मकै उच्च

२२ असार २०७९, बुधबार ११:०५

काठमाडौं । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ डलरको भाउ १२६ रुपैयाँ ७० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै, खरिददर पनि १२७ रुपैयाँ ३० पैसा कायम भएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्न जान्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*