नेपाल राष्ट्र बैंकको विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?

२२ असार २०७९, बुधबार ११:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ ।

उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ । बैंकले पिपा पदका लागि कुल १६ जना कर्मचारीको माग गरेको छ ।

साथै हल्का सवारी चालक १४ जना र बस चालक भने ७ जना कर्मचारीको माग गरेको हो । बैंकका केन्द्रिय कार्यालय तथा देशका विभिन्न स्थानमा रहेको बैंकको शाखाका लागि एकै पटक करारमा ३७ जना कर्मचारीको माग गरेको हो ।

उक्त पदमा दरखास्त दिनका लागि शैक्षिक योग्यता भने कक्षा आठ पास हुनुपर्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*