अप्पर सोलु हाइड्रोको आइपीओमा ७ लाख ७५ हजार जनाले दिए आवेदन

२२ असार २०७९, बुधबार १३:१८

काठमाण्डौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा साढे ७ लाख बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गको अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ७ लाख ७५ हजार ९७५ जना आवेदकबाट ९० करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको ९० लाख ३४ हजार ९२० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई निष्काशन गरेको १८ लाख २० हजार ४७५ कित्ताको ३.९६ गुणा बढी हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*