सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

२२ असार २०७९, बुधबार १३:००

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए ।
‘आज मिति २०७९ साल असार २२ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*