चल्दा–चल्दै बिग्रियो चन्द्रागिरी केवलकार, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित १४० जना डब्बाभित्रै झुण्डिए

२२ असार २०७९, बुधबार २२:१६

काठमाडौं । बुधबार दिउँदो करिब २ बजेतिर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, संसद सचिवालयका सचिव राजेन्द्र फुयालसहितको टोली चन्द्रागिरी भ्रमणको क्रममा अप्रिय अवस्थाको सामना गर्नु परेको छ ।

अध्यक्ष तिमल्सिना केवलकार चढेकै बेला मध्य आकाशमै बिग्रेपछि उनी करिब ४५ मिनेट आकाशमै तुन्द्रुङ्ग झुण्डिएर बस्नु परेको छ । चल्दा चल्दै बीचैमा केवलकार रोकियो, भिभिआईपी सवार केवलकार बीचैमा रोकिएपछि तत्कालै सञ्चार सेटमा प्रहरी समक्ष सूचना पुग्यो । व्यापक हल्लाखल्ला र हाहाकार मच्चिन थाल्यो । अलपत्र परेकाहरुको लागि उद्धारको लागि भन्दै सशस्त्र प्रहरी तथा जनपथ प्रहरी ठूलो मात्रामा प्रहरी परिचालन गर्नु परेको छ ।

प्रहरीले केवल कारमा अल्झिएका १४० जनाको उद्धार गरेको जनाएको छ । प्रहरीले आपतकालिन सेवाको प्रयोग गरेर उनीहरुलाई माथि पुर्याएको थियो । तर फर्केर तल ल्याउन नसक्दा करिब २०० जना हिडेर तल झरेका छन् भने बाँकीलाई प्रहरीले गाडीमार्फत उद्धार गरेको जनाएको छ ।

स्थानीयबासीका अनुसार चन्द्रागिरी हिल्सले केवलकारमा गम्भिर लापरवाही गर्दा सेवा बन्द हुन पुगेको छ । समयमा मर्मत नगर्ने तथा अलि अलि बिग्रे पनि चलाउने गरेको स्थानीयबासीको गुनासो छ । जसका कारण चन्द्रागिरी केवलकारले सर्वसाधारण जनताको जीवन जोखिममा पार्दै आएको छ । यस अघि पनि पटक पटक अलपत्र पार्दै आएको चन्द्रागिरी केवल कारले पछिल्लो समय सर्वसाधारणहरुलाई निकै दुःख दिन थालेको छ ।

काठमाडौंबाट निकै माथि रहेको चन्द्रागिरीको मन्दिरमा केवलकारबाट गई फर्कन नसकी अलपत्र परेका ४३० जनालाई ट्याक्सी, टाटासुमोमार्फत थानकोट चित्लाङ सडक हुँदै उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

कम्पनीले सञ्चालनमा गम्भिर लापरवाही गरेकोले छानविन हुनुपर्ने स्थानीयबासीले माग गरेका छन् । चेकपोष्टका स्थानीय राजनीतिज्ञ तथा अगुवा श्रीराम लामिछानेले केवलकारले यात्रुको जीवन जोखिममा पारेको देखिएको आजको घटनाको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

चलिरहेको केवलकार रोकिएपछि प्रहरीले ४५ घण्टामा केवलकारको डब्बामा अल्झिएका सबैलाई उद्धार गरी सकुशल बाहिर निकालेको जनाएको छ । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको पनि उद्धार गरिएको छ । उनका अंगरक्षकसहित उद्धार गरिएको हो । केवलकारबाट माथि पुगेको अवस्थामा अध्यक्ष तिमल्सिना अलपत्र परेपछि गाडी मगाएर घर फर्केको प्रहरीले जनाएको छ । अध्यक्ष तिमल्सिनासँगै रहेकी एक बालिका पीडादायी अवस्थाका कारण रोइरहेको दृष्यमा देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*