दुई दिनमा ३ हजार रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति?

२३ असार २०७९, बिहीबार ११:४१

काडमाण्डौं । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ र चाँदीको मूल्यमा चाहि अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार पछिल्लो दुई दिनमा मात्रै सुुनको भाउ ३ हजार रुपैयाँले घटेको जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । ।

आजको लागि तेजावी सुनको भाउ ९४ हजार १०० रुपैयाँ तोकिएको छ त्यस्तै आज प्रतितोला चाँदीको भाउ १ हजार १९५ रुपैेयाँमा कारोवार भइरहेको छ ।

बुधबार सुनको भाउ एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले र चादीको भाउ ३० रुपैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*