शेयरबजारमा लगातार सर्किट लाग्ने सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आए लगत्तै लगातार सर्किट लागेको सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्तसँग मर्जरमा जाने भएसँगै नेप्सले सिवाइसी नेपाल लघुवित्तको शेयर रोक्का गरिदिएको हो ।
गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ स्थित केन्द्रीय कार्यालय रहेको सिवाइसी नेपाल लघुवित्त र स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका वडा नं. १ स्थित केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तबीच १००ः७० स्वाप रेसियोमा मर्जरमा जाने बुधबार समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
तर यो अन्तिम स्वाप रेसियो भने होइन । डिडिएपश्चात मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ ।
सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेर कम्पनीको शेयर गत जेठ ३० गते नेप्सेमा सूचीकृत भई कारोबारमा आएको थियो । ३८२ रुपैयाँमा कारोबार सुरु भएको लघुवित्तको शेयर सुरुवातमा झिनो प्रतिशत बृद्धि भएपछि केही दिनयता लघुवित्तको शेयरमा लगातार सकारात्मक सर्किट लागेको थियो ।
शेयरबजारमा सिवाइसी नेपाल लघुवित्तको ग्राफ














