आर्थिक संकटकाबीच १६ अंकले घट्यो शेयरबजार, १२ सूचक राताम्य हुँदा कारोबार खुम्चियो

२३ असार २०७९, बिहीबार १५:१७

काठमाडौं । चरम आर्थिक संकटकाबीच बिहिबार नेप्से परिसूचक १६ अंकले घट्न पुगेको छ । यस साताको सुरुवाती दिनमा नेप्से बढेसँगै शेयर लगानीकर्ताहरुमा उत्साह थपिएको थियो ।

मंगलबार शेयरबजारमा ४ अर्ब माथिको कारोबार हुन पुगेको थियो । आज नेप्से परिसुचक १६ अंकले घटेर २०२७ को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै शेयर कारोबार रकम समेत घट्न पुगेको छ ।

लगानीकर्ताहरुमा चरम आर्थिक संकटको कारण शेयर बजार घट्दा शेयरबजार प्रतिको उत्साह घटेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड रुपैयाँको मात्रै कारोबार हुन पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये म्युचुअल फण्ड उपसूचक बाहेकका सबै सूचक राताम्य छन् । आज सर्वाधिक जीवन बीमा समूहको ११५.१७ रुपैयाँले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*