ओरालो लागेको शेयरबजारमा आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । बिहिबार नेप्से परिसूचक १६ अंकले घट्न पुगेको छ । चरम आर्थिक संकटकाबीच शेयरबजार पुनः घट्दो अवस्थामा पुगेको छ ।
यस साताको सुरुवाती दिनमा शेयरबजारमा सुधार देखिएपनि दुईदिनयता पुनः शेयरबजार ओरालो यात्रातर्फ लागेको हो ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड रुपैयाँको मात्रै कारोबार हुन पुगेको छ । लगानीकर्ताहरुमा शेयरबजार घटेसँगै उत्साह समेत घट्दै गइरहेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा गएसँगै शेयरबजारमा कारोबार खुम्चिन पुगेको छ । आज पनि पुँजीबजारमा करिब २ अर्बको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा ४अर्बमाथिको कारोबार भएको थियो ।
आज धेरैजसो कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । सर्वाधिक घट्ने कम्पनीमा समीट लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.२० प्रतिशतले घटेको हो ।
त्यस्तै, लिबर्टी इनर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९७ प्रतिशत, गुराँस लघुवित्तको ३.८४ प्रतिशत र युनाइटेड इन्स्योरेनसको ३.६४ प्रतिशतले घटेको छ ।














