संस्थागत लगानीकर्ताको संख्या थपिदै, बोर्डद्धारा थप ७ कम्पनीलाई स्वीकृति

२३ असार २०७९, बिहीबार १७:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ । पछिल्लो समय संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न संस्थाहरु थपिदै गएका छन् ।

बोर्डले नबिल बैंक सहित ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको कार्य गर्न अनुमति दिएको हो । यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या ११६ पुगेको छ ।

यसअघि बोर्डले पहिलो चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचौ चरणमा ५ वटा, छैठौँ चरणमा २ वटा, सातौँ चरणमा ८ वटा, आठौँ चरणमा ५ वटा, नवौँ चरणमा ६ वटा र दशौँ चरणमा ३ वटा कम्पनीलाई स्वीकृति दिएको थियो ।

पछिल्लो पटक सेबोनले स्वीकृति दिएका ७ कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, नबिल बैंक, मेगा म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड रहेका छन् ।

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

 

बोर्डबाट संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न अनुमति पाएका ११६ कम्पनीहरु : 

123 sasthagatr laganikarta

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*