नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्रीमा ल्याएको हो ।
कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । इच्छुक आवेदकले आज कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू। १०० अंकित दरको रू। ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कुल शेयरमध्ये संस्थापकतर्फको ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६ दशमलव शून्य ८८ कित्ता रहेको छ । उक्त शेयरको मूल्य प्रतिकित्ता रू। १०० तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।
यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू। ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कास













