कृषि विकास बैंकले खुलायो १५२ जनाका लागि रोजगारीको अवसर

२४ असार २०७९, शुक्रबार ११:२१

काठमाण्डौं । कृषि विकास बैंकले ठूलोे संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कुल १५२ पदमा कर्मचारी माग गरेको हो ।

बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत ९ जना, इन्जिनियर (सिभिल) ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ६ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना माग गरेको हो ।

इच्छुक आवेदकले बैंकको तोकेको वेबसाइट https://www.adbl.gov.np/career/ मा आफ्नो विवरण भरेर बैंकले तोकेबमोजिम प्रक्रिया पुरा गरी दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*