हिमालयन हाइड्रोपावरको आइपीओ प्रि अलटमेन्ट सम्पन्न बाँडफाँड कहिले ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओको प्रि–अलटमेन्ट आज (असार २४) गते सम्पन्न भएको छ । । आज प्रि अलटमेन्ट सम्पन्न भई आगामी मंगलबार (असार २८) गते बिहान आइपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्म १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरको १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् ।
माग भन्दा धेरैको आवेदन परेको हुँदा कम्पनीको आईपीओ लक्की ड्र मार्फत बाँडफाँड हुनेछ । कम्पनीका अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।













