यी हुन् शुक्रबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार समेत कारोबार खुल्ला गर्ने व्यवस्था ल्याएसँगै हालसम्मको शुक्रबार नेप्से परिसूचक घट्नुका साथै कारोबार समेत खुम्चिएको तथ्यांङ्ग छ ।
आज पनि नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजाजर ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार कारोबार डिउरेशन पनि २ घण्टाको मात्रै भएको कारण १ अर्बको हाराहारीमा हुने गरेको हो । आज सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
त्यस्तै, युनाइटेड इदि मार्दीको ३ करोड ९७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख, अरुण काबेली पावरको ३ करोड ७९ लाख र एनटिसीको ३ करोड ७३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














