३४ अंकले घटेको शेयरबजारमा फण्डहरुको इकाईमूल्य बढ्यो

२४ असार २०७९, शुक्रबार १३:४७

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ ।
आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड माथिको कारोबार भएको छ ।

आज केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । सर्वाधिक बढ्नेमा ग्लोबल आइएमई समुन्नत फण्ड रहेको छ । उक्त फण्डको इकाई २.८२ प्रतिशतले बढेको छ ।

त्यस्तै, नबिल इक्विटी फण्डको २.४६ प्रतिशत, कुमारी बैंकको डिबेञ्चर २ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको १.९८ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्थाको १.९५ प्रतिशतले मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*