बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठसहित तीन संचालकको पदावधि थप
२४ असार २०७९, शुक्रबार १५:०४

काठमाडौं । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठसहित ३ जना संचालकहरुको पदावधि थप गरिएको छ ।
कम्पनीको असार २४ गते बसेको संचालक समितिको बैठले संस्थापक शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना संचालकको पदावधि अर्को निर्वाचन नभए सम्मको लागि थप गरेको हो ।
बैंकका संचालक प्रकाश श्रेष्ठ, राधेश पन्त र बिजय कुमार श्रेष्ठको कार्यकाल यहि असार २७ गते समाप्त हुने भएसँगै संचालक समितिको बेठकले पुनः निर्वाचन वा अर्को व्यवस्था नभएसम्मको लागि पदावधि थप गरिएको हो । प्रकाश श्रेष्ठ संचालक समितिको अध्यक्ष समेत रहेका छन् ।














