औद्योगिक प्रतिष्ठानका कर्मचारीले एक बर्षमा बुझे ९५ अर्ब तलब

२४ असार २०७९, शुक्रबार १९:२८

काठमाडौं । । औद्योगिक सर्वेक्षण २०७६ को नतिजा आज सार्वजनिक भएको छ।११ औं औद्योगिक सर्वेक्षण अनुसार २०७६ सालसम्म नेपालको अ‌ौद्योगिक प्रतिष्ठानको संख्या ६१ हजार १६५ रहेका छन्। यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग ५६ हजार छन्।

नेपालको औद्योगिक क्षेत्रमा ४ लाख रोजगार ९१ हजारले रोजगारी पाएका छन्। यी कर्मचारीले बर्सेनि ९५ अर्ब तलब बुझ्ने गरेका छन्।२०७६ सालमा सुरु भएर २०७८ मा सकिएको गणनाको तथ्यांक केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*