नबिल बैंक र एनबी बैंकले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै

२६ असार २०७९, आईतवार १०:४८

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक लिमिटेडले भोलि (असार २७ गते) सोमबारदेखि एकीकृत कारोबार गर्दैछन् ।

राष्ट्र बैंकले एनबी बैंकलाई नबिलमा समाहित गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको हो ।

एकीकृत कारोबार भएपछि चालू आर्थिक वर्षको एकीकृत वित्तीय प्रतिवेदन आउनेछ । एकीकृत बैंकको नाम नबिल नै रहनेछ । नबिलले एनबी बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभेको हो ।

नबिलको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । यस्तै एनबीको १० अर्ब ८ करोड रुपैयाँ छ । नबिल बैंकले एनबीलाई आफूमा समाहित गरेपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना हुनेछन् । आगामी ४ वर्ष सिइओको पद ढुंगानाले सम्हाल्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*