एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२७ असार २०७९, सोमबार ०९:३७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म मात्रै नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीलाई ८.५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे शुरु हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*