नबिल र नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार आज हुँदै

२७ असार २०७९, सोमबार ०७:५७

काठमाडौं नबिल बैंक र नेपाल बंगालदेश बैंक मर्जरपछि एकिकृत कारोबार आज हु्ँदैछ। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै आज दुबैको एकिकृत कारोबार हुन लागेको हो।

नबिलले एनबी बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको हो। यस हिसाबले नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ। यसो हुँदा एकिकृत कारोबार गर्ने नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ हुने छ।

हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ।दुई बैंकको असार ७ गते सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*