साउन ४ देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर

२७ असार २०७९, सोमबार १०:२९

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही साउन ४ गतेदेखि सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ । सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारया शेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*