राष्ट्र बैंकद्धारा एलडी कायम गर्न नसेकेका वाणिज्य बैंकलाई क्यापटिल चार्ज,कसलाई कति लगायो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेप तरलता अनुपात नपुग्ने वाणिज्य बैंकहरुलाई कार्वाही गर्ने भएको छ ।चैत मसान्तसम्ममा सात वाणिज्य बैंकले तरलता अनुपात(लिक्विडिटी टू डिपोजिट रेसियो ‘एलडी’) कायम गर्न नसेकेको भन्दै क्यापटिल चार्ज गर्न लागेको हो ।
चैत मसान्तको विवरण अनुसार बैंकहरुको औसतमा तरलता अनुपात २१.२२ प्रतिशत रहेको छ ।बैंकहरुले आफूसँग भएको निक्षेपमा २० प्रतिशत रकम तरल रुपमा राख्नपर्ने प्रावधान रहेको छ।
राष्ट्र बैंकको एने अनुसार बैंकहरुसँग भएको निक्षेप २० प्रतिशतसम्मको रकम जुनसुकै बेला फिर्ता गर्नुपर्ने सम्भावनालाई ख्याल गरेर २० प्रतिशत बराबरको रकम तरल रुपमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तमा सबैभन्दा कम तरलता अनुपात १५.९१ प्रतिशत प्राइम बैंकको बढी रहेको छ ।
यस्तै एसबीआई बैंकको १८.१४ प्रतिशत,कुमारी बैंकको १८.२३ प्रतिशत,लक्ष्मीको १८.८७ प्रतिशत सिद्धार्थ बैंकको १९.०२ प्रतिशत रहेको छ । यस्तै सेञ्चुरी बैंक १८.०८ प्रतिशत तरलता अनुपात रहेको छ भने सनराइज बैंकको १९.०४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले हरेक दिन नै बैंकहरुको तरलता अनुपातलाई हेर्ने गर्छ । राष्ट्र बैंकले ११ वटा शिर्षकमा क्यापिटल चार्ज लगाउने गर्छ । जसमा एउटा शिर्षकमा तरलता अनुपात समेत पर्छ ।एलडी कायम नगर्ने बैंकलाई क्यापिटल चार्ज लगाउने गर्दछ ।
राष्ट्र बैंकले तरलता अनुपात तोकिएको भन्दा जति प्रतिशत कम हुन्छ त्यही नै बराबरको क्यापिटल चार्ज लगाउने गर्छ । यस आधारमा सबैभन्दा बढी क्यापिटल चार्ज प्राइम बैंकलाई लागेको छ ।अहिले ६ वटा बैंकको मात्र तरलता अनुपात २० प्रतिशतभन्दा कम रहेको छ ।
सीडी रेसियोमा आएको सुधारसँगै तरलता अनुपात समेत तोकिएको भन्दा बढी हुन लागेको छ । चैत मसान्तमा औसतमा सीडी रेसियो ९०.८४ प्रतिशत थियो । अहिले ८८.०६ प्रतिशत रहेको छ ।
सीडी रेसियो बढी भएका तथा तरलता अनुपात २० प्रतिशतभन्दा बढी भएका बैंकहरुले पछिल्लो समय ऋणपत्र निष्कासनलाई प्राथमिकता दिएका छन् । प्राइम बैंकले मात्र साढे ७ अर्बको ऋणपत्र निष्कासन गरेको छ ।
त्यस्तै एसबीआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गरेको छ । सेञ्चुरीले २ अर्ब २० करोड तथा सिद्धार्थ बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गरेको छ ।
तरलता अनुपात २० प्रतिशतभन्दा तल आउने जोखिममा रहेको सिभिल बैंकले ३ अर्बको निष्कासन गरेको छ । ५ अर्बको ऋणपत्र पाइपलाइनमा छ । एभरेष्ट बैंकको ४ अर्बको ऋणपत्र पाइपलाइनमा रहेको छ ।













