सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

२७ असार २०७९, सोमबार ११:२०

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँ कायम भएको छ।त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

आईतवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो र चादी १० रुपैयाले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*