धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
२७ असार २०७९, सोमबार १२:५६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नको लागि धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ ।
बोर्डले लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न असार २४ गते स्वीकृति दिएको हो । अनुमति पाएसँगै अब लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ ।
कम्पनीले अब आइपीओ निष्काशनको मिति तोकेर सर्वसाधारणहरुका लागि शेयर निष्काशन गर्नेछ । साथै कम्पनीले यसअघि नै धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।













