नेप्सेमा थप एक लुघवित्तको ५० लाख कित्ता बोनस शेयर सूचीकृत
२७ असार २०७९, सोमबार १३:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २९.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले सो प्रतिशत दरका ५० लाख २५० कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृत पश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।













