अभियान लघुवित्तलाई पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

२७ असार २०७९, सोमबार १३:२५

काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएपश्चात अब कम्पनीले आइपीओ निष्काशनको मिति तोकेर सर्वसाधारणहरुका लागि आइपीओ जारी गर्नेछ ।

कम्पनीले यसअघि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*