उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२७ असार २०७९, सोमबार १५:०७

काठमाडौं । आर्थिक संकटकाबीच सोमबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो ।

आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको शेयरबजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफको ७ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*