आर्थिक संकटकाबीच शेयरबजारमा भारि गिरावट, नेप्से ७७ अंकले घट्दा सबै सूचक राताम्य

२७ असार २०७९, सोमबार १५:१७

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा भारि गिरावट आएको छ । देशमा चुलिँदै गएको आर्थिक संकटको प्रभाव शेयरमार्केटमा देखिन थालेको हो ।

अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै नेप्सेमा रहेका सबै सूचक राताम्य भएका छन् । शेयरबजार घटेसँगै सर्वाधिक प्रतिशतका आधारमा व्यापार सूचक घट्न पुगेको छ । सो उपसूचक ५.७८ प्रतिशतले घटेको छ । त्यस्तै, रुपैयाँका आधारमा जीवन बीमा सूचकको ५४० रुपैयाँ २२ पैसाले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*