सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति, एमओयूमा हस्ताक्षर सम्पन्न
२७ असार २०७९, सोमबार १७:३३

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै कम्पनीले आज एक आपसमा मर्जरमा जाने सहमति गरेका हुन् ।

आज दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । असार २७ गते अपरान्ह ४ बजे दुबै कम्पनीको सञ्चालक समितिले मर्जरमा जाने निर्णय गरेका हुन् ।
सिद्दार्थ इन्स्याेरन्स कम्पनीका सिइओ बिरेन्द्र बैदावारले हस्ताक्षर सम्पन्न भएकाे बीमा समितिमा आजै जानकारी गराइने बताए ।













