सामान्य सुधार आएको शेयरबजारमा यी कम्पनीको शेयरमूल्य बढ्यो
२८ असार २०७९, मंगलवार १५:१३

काठमाडौं । सोमबार उच्च अंकले गिरावट आएको शेयरबजार आज केही सुधार देखिएको छ । आर्थिक संकटकाबीच प्रभावित बनेको शेयरबजारमा आज ११ अंकले माथि उक्लिएको हो ।
नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकसहित केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको छ । बैंकको शेयरमूल्य आज ९.३५ प्रतिशतले बढेको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ८.२२ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ६.९६ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको ६.२७ प्रतिशत र अरुण काबेली पावरको ५.८५ प्रतिशत अंकले शेयरमूल्य बढ्न पुगेको छ ।














