उतारचढावकाबीच सामान्य अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा कारोबार १ अर्बमा सीमित

२८ असार २०७९, मंगलवार १५:२३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य सुुधार आएको छ । अघिल्लो दिन ७७ अंकले घट्न पुगेको शेयरमार्केट आज एकाएक झिनो अंकले बढ्न पुगेको हो ।

नेप्से परिसूचक आज ११.६८ अंकले बढेर १९२७ को इन्डेक्समा पुगेको छ । आर्थिक संकटकाबीच शेयरबजारमा पछिल्लो समय प्रभावित बन्दै गइरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४।१२ क्याप नीति तत्कालै नहट्ने बताएसँगै अघिल्लो दिन शेयरबजारमा पहिरो गएको थियो ।

केही दिनयता शेयरबजारप्रतिको रौनकता घट्दै गइरहेको छ । लगानीकर्ताहरुमा उत्साह घट्दा त्यसको प्रभाव कारोबार रकममा देखिएको छ । आज पनि १ अर्ब ७० करोड माथिको मात्रै कारोबार भएको छ । एकसाता अघि एकाएक शेयरबजारमा उछाल आउँदा ४ अर्बमाथि सम्मको कारोबार भएको थियो ।

आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक प्रतिशतका आधारमा होटल तथा पर्यटन समूहको १.६५ प्रतिशतले बढ्न पुगेको छ भने रुपैयाँका आधारमा उत्पादन तथा प्रशोधन समूहको ६५.८९ रुपैयाँले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*