गरिमा विकास बैंकद्धारा टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम

काठमाण्डौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन गरेको हो । बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिमा विकास बैंकले बृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजना गरेको छ ।
आज असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका–२ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल bपरिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २०० विभिन्न प्रजातिका फलफूलका बिरुवाहरु अस्पताल परिसरमा रोपिएको हो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनको पनि उपस्थिति रहेको थियो। उक्त बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।













