नबिल बैंकका कर्मचारीहरु आन्दोलित, समायोजन चित्त बुझेन
२८ असार २०७९, मंगलवार १९:४४

काठमाडौं । हिजो मात्रै मर्जर भएको नबिल बैंक र नेपाल बंगलादेश बैंकका कर्मचारी मर्जरमा चित्त नबुझेपछि नबिल बैंकको केन्द्रीय कार्यालयमा आज कर्मचारीहरुले आन्दोलन गरेका छन् ।
कर्मचारीहरुको आन्दोलनको कारण केहीबेर सेवा समेत अबरुद्ध भएको जनाइएको छ । मर्जरमा विभेद गरिएको भन्दै नबिल बैंकका कर्मचारीहरुले आन्दोलन गरेका हुन् । हिजोमात्रै एकीकृत कारोबार सुरु भई आजबाट औचपारिक रुपमा कार्यालय खुलेपछि कर्मचारीहरुले आन्दोलन गरेका हुन् ।













