हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति, आज सम्झौता हुँदै

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार बेलुका फेरि सकारात्मक देखिएको छ । मंगलबार मध्यरातमा भएको सहमति अनुसार नेपाल बंगलादेश बैंक र नबिल बैंककै मोडलमा हिमालयन बैंकमा सिभिल बैंक गाभिने सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर हुनेछ । जसमा स्वाप अनुपात १००ः ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता सेयर हुने छ ।
एक्विजेशन पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति हिमालयन बैंकको नै हुने छ । एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ ।
१० बजेराती बल्ल कुरा मिल्यो, बुधबार बिहान हस्ताक्षर गर्ने कार्यक्रम छ,’सिभिल बैंक स्रोतले भन्यो । सिभिलका सीइओ पोखरेललाई डेपुटी सीइओ बनाउने तथा स्वाप रेसियोमा हिमालयन बैंक पछाडि फर्केपछि एक्विजेशनको कुरा मिलेको हो ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता भाँडिएको हिमालयन बैंक र सिभिल बैंकबीचको सम्बन्धमा समस्या दरार उत्पन्न भएको विषयमा हिजै राष्ट्र बैंक समेतले चासो राखेपछि मंगलबार राति नै बैठक बसेर सहमति भएको हो ।
*अपडेट गरिएको ।













