सिटिजन्स बैंकको संस्थापक समूहको शेयर विक्रीमा

२९ असार २०७९, बुधबार १०:५९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुका लागि विक्री खुला गरेको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात साउन ११ गतेसम्म विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कमलपोखरी कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । संस्थापक शेयरको मूल्य प्रतिशेयर १५२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*