चार्टर्ड एकाउन्टेन्स् संघको कार्यक्रममा किन गएनन् गभर्नर ?

काठमाडौं । मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा सुझाव लिने कार्यक्रममा दौडधुपमा देखिन्छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् ।
उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् । मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि गभर्नरमाथि शंका उब्जिरहेको छ । तर, भोलिपल्टै आयोजित कार्यक्रममा गभर्नर अधिकारीको अनुपस्थितिले थप शंका थपेको छ । यद्यपि, गभर्नर अधिकारीले उक्त व्यक्ति आफु नभएको दाबी गरिरहेका छन् ।
नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् ।
नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि संसदमा उनीबारे प्रश्न उठेको हो । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् ।













