मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट
३० असार २०७९, बिहीबार १०:३४

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
स्थानीयमा जारी पूँजी रू। ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू। १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको थियो ।












