सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का
३० असार २०७९, बिहीबार १०:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले मर्जर प्रकृयामा गएका सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो ।
उक्त कम्पनीहरुले असार २९ गते मात्रै मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सोहि अनुसार नेप्सेले असार ३० गतेदेखि दुबै कम्पनीको सेयर कारोबार रोकिदिएको हो ।
पछिल्लो समय नेप्सेमा अधिकांश बीमा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । सबै कम्पनी धमाधम मर्जर प्रकृयामा जनलाई एमओयू गरेसँगै नेप्सेले कारोबार रोक्का गरिदिएको हो ।













